
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको छ।
बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।