सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकासः झलनाथ खनाल

सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकासः झलनाथ खनाल
+
-

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन्।

६४औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए।

‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो। यसकारण जनतामा निराशा छ,’ उनले भने।

सनकभरमा संसद् भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए।

‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्। अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ। स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन? संसद् राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ। सनकको भरमा संसद् भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको। यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष