थाइल्याण्डबाट नेपाल आएका यात्रुको सुटकेसको ह्याण्डल नै सुनको

थाइल्याण्डबाट नेपाल आएका यात्रुको सुटकेसको ह्याण्डल नै सुनको
+
-

काठमाडौँथाइल्याण्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ।

शुक्रबार राति नेपाल एयरलाइन्समार्फत् नेपाल आएका राकेश तुलाधरले बोकेको सुटकेसको ह्याण्डलभित्र सुन लुकाएर ल्याएको पाइएपछि त्रिभुवन अन्तरार्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुनसहित नियन्त्रणमा लिएको हो।

तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्यान्डल साइडको भित्रपट्टि शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिब ५ इन्च लम्बाइ र १ इन्च चौडाइको सुनको बारलाई कार्बन पेपरले ऱ्यापिङ गरी अड्काएर राखेकाे सुन फेला परेको थियो।

उनको सुटकेसमा अरू कुनै सामान नरहेको विमानस्थल भन्सार प्रवक्ता महेश भट्टराईले बताएका छन्। उनका अनुसार उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको  छ।

शुक्रबार राति नै तुलाधरलाई नेपाल प्रहरीको हिरासतमा राखी भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरेको छ।

अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुनको अवैध आयातमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?