विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल

विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल
+
-

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ। रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ।

विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रबारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ। टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन्।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता थियो। अब यो समस्या टोकण प्रणली लागु भएपछि समाधान भएको छ। पहिले घण्टौँ लाईनमा लाग्नुपर्ने अवस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको देखिन्थ्यो’, मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो। दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पूर्जा लिने गरी व्यवस्था मिलाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहले बताए।

तालिम घर स्थापना
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ।

दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उद्देश्यले प्रादेशिक अस्पतालभित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए।

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उदघाटन गरेका हुन्। तालिम घरमा बढीमा २० जना सम्मलाई एक चरणमा तालिम दिन सकिन्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष