हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज
+
-

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको जनाएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर १५ असारदेखि निष्कासन गरेको हो।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

त्यस्तै, ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ। बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज बैकिङ समय अवधिभित्र आवेदन दिन सकिनेछ।

यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष