चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाको आवेदन
+
-

काठमाडौँ- चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् ।

अभिनेता भुवन केसीसहित अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका हुन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १० जनाको निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले बताएको छ।

शाखाका अनुसार आवेदन दिनेहरुमा भुवन केसी, सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल रहेका छन्।

आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ । मापदण्डअनुसार आवेदन प्राप्त भए प्रक्रियामा अघि बढ्ने शाखाको भनाइ छ ।

आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने छ। नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्ने बताइएको छ ।

आवेदन दिएसँगै दशै जना आवेदकले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन् । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको रस्साकस्सी तीव्र भएको हो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?