
तेह्रदिनमा
सिसिटिभीको- जुठो
उम्कियो गुरु?
आफ्नै ऐनामा
सिएसाप् देखिए कि
स्यानिटरी प्याड?
महङ्गो पर्छ
जनता-जनार्दन
बेलामै उठ!
अँगेनोबीच
बजेट पाक्दापाक्दै
डढेको गन्ध!
बजेट-हस्को
पर्फ्युम छर्के पनि
किन जान्थ्यो र !
फाष्ट ट्रयाकमा
संघीयता ट्राभल
हुइकिँदैछ।
ब्रेक फेल हुँदै
राजापाक्षे पथमा
अगाडि पैह्रो !
सिनो फ्याँकेर
‘प्रभु’हरू हेर्दैछन्
हुँडार झुण्ड!
झुण्डझुण्डमा
मिल्दै दाह्रा निकाल्दै
मुसार्दै निल्दै।
राजनीतिका
पाटे-थोप्ले हुँडार
लोप भएपो !