जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा भारतमा राष्ट्रिय शोक

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा भारतमा राष्ट्रिय शोक
+
-

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्विट मार्फत आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन्।

आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै  मोदीले आबेको निधनले मर्माहत भएको बताएका छन्।

शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो।

६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।

उनी आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए।  गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।

प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?