विद्युत सहज गराइदिन कर्णालीका बासिन्दाको माग

विद्युत सहज गराइदिन कर्णालीका बासिन्दाको माग
+
-

काठमाडौँ- कर्णालीका बासिन्दाहरुले विद्युत सहज गराइदिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री पम्फा भुसालसँग अनुरोध गरेका छन्।

२१ औं शताब्दीमा पनि अन्धकारमा बस्न बाध्य रहेको बताउँदै मन्त्रीलाई छिटोभन्दा छिटो माग सम्बोधन गर्न उनीहरुले आग्रह गरेका हुन्।

उनीहरुले कर्णालीका बासिन्दा नेपालि नागरिक हौं वा होइनौ? यदि हौं भने देशभर विद्युत उपलब्ध हुँदा र भारतलाईसम्म बेच्दा पनि कर्णालीमा विद्युत किन पुग्न सकेन? भन्दै प्रश्न गरेका छन्।

एक बर्षमा ७५ अर्ब १० करोड बजेट उर्जा क्षेत्रमा हुँदा हामी कर्णालीका पाँच जिल्लालाई ३ अर्ब बजेट छुट्टाएर १० मेगावाट विद्युत उत्पादन गर्ने वा नगर्ने, गर्ने हो भने कहिलेसम्म गर्ने? ५३ केभी प्रसारण लाइन कर्णालीमा कहिले सूचारु गर्नु हुन्छ? १३२ के भी प्रसारण लाईनको लागि कहिलेसम्म अध्ययन मात्रै गर्नुहुन्छ? लगायतका माग राख्दै उनीहरुले मन्त्रीलाई पत्र बुझाएका हुन्।

उनीहरुले भारतलाई विद्युत प्रतियुनिट ११ रुपैयाँमा बेच्न छोडेर कर्णालीबासीलाई प्रति युनिट १३ रुपैयाँमा बेच्ने कि नबेच्ने सरकार भनी प्रश्नसमेत गरेका छन्।

शुक्रवार कर्णालीका युवाहरु सिँहदरबार पुगेर लिखित जवाफ मागेका हुन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?