गगन थापा भन्छन्,‘नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन’

गगन थापा भन्छन्,‘नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन’
+
-

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन्।

सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओलाई कांग्रेसले आफ्नो स्पष्ट धारणा यसरी राखेको बताएका हुन्।

‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रिभोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल-चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ।

हामीले चीनलाई बीपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौँ। हामीले स्पष्टसँग चीनलाई एमसीसी पनि लिन्छौँ, बीआरआईमा पनि सहभागी हुन्छौँ, तर कुनै पनि सैन्य संगठनमा पस्दैनौँ,’ उनले भने, ‘हामी विकास सहायता चाहन्छौँ, तर कुनै सैन्य संगठनमा पस्दैनौँ। हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ। हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ।’

उनले विकासका लागि नेपाललाई खर्बौँ रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि बताए।

नेता थापाले चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?