धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई मेयर शाहले तिराए २५ हजार

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई मेयर शाहले तिराए २५ हजार
+
-

काठमाडौँ- सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कार्बाहि गरेका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको बताएका हुन्।

उनले भनेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ ।’

साथै उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको समेत बताएका छन्। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा उनले धन्यवाद लिएका छन्।

आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन उनले अनुरोध गरेका छन्।

त्यसअघि हिजो धोबिखोला रातोपुल नजिकै एक स्काभेटरले फोहोर खोलामा फ्याल्दै गरेको फोटो र भिडियो भाइरल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?