नबिल बैंक र नेपाल बंगलादेशबीच एकीकृत कारोबार सुरू

नबिल बैंक र नेपाल बंगलादेशबीच एकीकृत कारोबार सुरू
+
-

काठमाडौँ- नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएको छ।

दुई बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई सोमबारदेखि एकीकृत कारोबार सुरू भएको हो। सोमबार एक कार्यक्रमकाबीच दुई बैंक मर्जर भएको बताएका हुन्।

मर्जरपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको छ। ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो।

प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ। प्राप्तिपछि बैंक देशकै सबैभन्दा ठूलो वितीय संस्था भएको छ।

बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले कार्यक्रममा बोल्दै नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको बताएका छन्।

उनले भने, ‘नबिल र एनबी बैंक एक-आपसमा प्राप्तिको औचित्यमा छलफल पश्चात समग्र बैंकिङ प्रणालीको आवश्यकताहरूलाई समेत मध्यनजर गर्दै बैंकप्रति सर्वसाधारणको विश्वसनियतामा थप अभिवृद्धि गर्न कदम चालेका हौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?