झापामा मोबाइल चोरलाई खोज्दा प्रहरीले भेटायो ८० राउण्ड गोली

झापामा मोबाइल चोरलाई खोज्दा प्रहरीले भेटायो ८० राउण्ड गोली
+
-

काठमाडौँ- झापामा प्रहरीले मोबाइल चोरलाई खोज्दै जाँदा ८० राउण्ड गोली फेला पारेको छ।

मोबाइल चोरी भएको उजुरी परेसँगै खोजतलास सुरु गरेको प्रहरीले ८० राउण्ड गोली फेला पारेको हो।

झापाको भद्रपुरस्थित प्रियंका मोबाइल पसलमा गत शुक्रबार सटर फुटाएर चोरी भयो थियो । पसलबाट २९ वटा मोबाइल सेट, दुई वटा घडी र नगद ६१ हजार ५ सय रुपैयाँ चोरि भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उजुरी परेसँगै प्रहरीले चोर खोज्ने क्रममा उक्त गोली फेला परेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन्।

उनका अनुसार हराएका मोबाइलमध्ये केहीका आईएमईआई नम्बर प्रहरीलाई टिपाइएको थियो । त्यसको आधारमा ट्रेस गर्दै जाँदा एउटा मोबाइलमा सीम कार्ड सक्रिय देखिएपछि प्रहरीले ट्रेस गरेर गएको मोबाइलसहित १८ वर्षीय एक युवकलाई पक्राउ गर्‍यो। यद्यपि प्रहरीले उक्त घट्नामा संलग्न अन्यलाई भने खोजी गरीरहेको बताएको छ।

पक्राउ परेका उनले सुरुमा चोरी स्वीकारेका थिएनन्। त्यसपछि प्रहरीले उनको घरमा गएर खनतलासी गर्दा २७ वटा मोबाइलका चार्जर, गाडेको अवस्थामा पेस्तोलमा लाग्ने ८० राउण्ड गोली पनि बरामद गरेको हो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ परेका युवकले भारतबाट गोली ल्याएको बताएका छन् ।

प्रहरीले पक्राउ परेका उक्त व्यक्तिको घरबाट मोबाइल पसलमा चोरीका लागि प्रयोग गरिएको रड र पसलको ताला समेत बरामद गरेको छ ।

घट्नाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?