
काठमाडौँ- प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल रहेका छन्। त्यस्तै दोस्रोमा सीताराम रिजाल, तेस्रोमा भिमकिरण बोगटी, चौथोमा सुमन कुमार तिम्सिना र पाँचौमा सरोज पौडेल रहेका छन्।
त्यस्तै विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जित सिंह राठौर, नत्रमणि गिरी, अवदेश विष्ट क्षेत्री, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामबहादुर केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द ईवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।
त्यस्तै सिफारिसको ३५ औं नम्बरमा मोहन कुमार थाहा रहेका छन्।