
अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
बुधबार ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार २८४ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा एक हजार ६४४ पीसीआर तथा दुई हजार ७४ एन्टिजेन परीक्षण भएको छ।