धनुषाबाट १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद, ३ जना पक्राउ

धनुषाबाट १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद, ३ जना पक्राउ
+
-

काठमाडौँ- धनुषा प्रहरीले १ करोड मूल्य बराबरको मेडिकल उपकरण बरामद गरेको छ।

धनुषा प्रहरीले जनकपुरधाम ९ संकटमोचन मन्दिरस्थित एक घरमा छापामारी सो बराबरको मेडिकल सामान बरामद गरेको हो।

स्थानीय विनय झाको घरबाट भन्सार छली तथा चोरी निकासी गरी ल्याएको एक करोड मूल्य बराबरको मेडिकल उपकरणसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता डीएसपी दीपकबहादुर क्षेत्रीले बताएका छन्।

उनका अनुसार प्रहरीले झाको घरमा कोठा भाडामा लिई बसेका भारत बिहारको मधुवनी थाना जयनगर २ बस्ने ५२ वर्षीय विपीनकुमार सिंहले भन्सार छली तथा चोरी निकासी गरि ल्याएका मेडिकल उपकरण बरामद गरेको हो।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक दीपककुमार रायको नेतृत्वमा खटिएको टोलीले छापामारी गरी अवैध रुपमा भन्सार छली चोरीपैठारी गरी लुकाईछिपाई राखेको मेडिकलसम्बन्धी उपकरणहरू बरामद भएको हो।

त्यस्तै सो सामान ओसार्ने बीआर ०१ पीके ६६६६ नम्बरको स्कार्पिओ गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको क्षेत्रीले बताएका छन्।

पक्राउ पर्नेहरूमा व्यवसायी विपीनकुमार सिंह, जिल्ला छपरा दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटना हरनोट सिर्सिया थाना बस्ने वर्ष २३ का सुरज सिंह रहेको क्षेत्रीले बताएका छन्।

उनका अनुसार बरामद गरिएको मेडिकल उपकरणसहित तीनै जनालाई कारबाहीका लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

प्रहरी थप अनुसन्धान गरिरहेको छ। यद्यपि विपीनले ५ वर्षदेखि जनकपुरमा कोठा भाडामा लिई यो धन्धा चलाइरहेको अनुसन्धानका क्रममा खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

उनका अनुसार जनकपुरमा पछिल्लो समय खुलेका प्राय:सबै निजी अस्पतालले विपीनबाटै सस्तोमा भन्सार छलीका मेडिकल उपकरण खरिद गरेको खुल्न आएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?