आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउँदै महानगर, कस्तो छ अवस्था?

आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउँदै महानगर, कस्तो छ अवस्था?
+
-

काठमाडौँ- आइतबारदेखि काठमाडौँको कुहिने र नकुहिने फोहोर अलग-अलग छुट्याएर लगिने भएको छ।

साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा कुहिने र नकुहिने फोहोर अलगअलग छुट्याएर लगिने निर्णय यसअघि नै गरिसकेको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमतिअनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भएको हो।

महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई आइतबारदेखि कारबाही गर्ने बताएको छ। यसबारे महानगरले ९ असारमै सूचना जारी गरी फोहोर छुट्याएर नराख्नेलाई ५ सय जरिवाना दिलाउने निर्णय गरिसकेको छ।

यद्यपि झरीका कारण बञ्चरेडाँडा जाने बाटो अवरुद्ध भएसँगै महानगरका विभिन्न स्थानमा थुप्रिएको फोहोर अझै उठ्न सकेको छैन। यसरी थुप्रिएका फोहोर भने कुहिने र नकुहिने छुट्याइएको छैन। यसका कारण महानगरपालिकालाई फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ।

काठमाडौँ उपत्यकामा सीमित जग्गा भएकै कारण पनि फोहोर व्यवस्थापनका केही चूनौती देखिन्छन्। तर महानगरले नीतिनियम बनाएर कडाइका साथ कार्यन्वयन गर्न सके फोहोर व्यवस्थापनमा सहज हुने विज्ञहरुले बताउँदै आएका छन्।

बञ्चरेडाँडा जाने बाटो झरीका कारण अवरुद्ध भएसँगै महानगरले टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा थुप्रिएको फोहोरमा औषधी हालेर प्लाष्टिकले छोपेको छ। स्थानीयलाई गन्ध नफैलियोस् भनेर महानगरले फोहोर छोपेको हो।

काठमाडौँ उपत्यकाका लागि फोहोर व्यवस्थापनको विषय त्यति जटिल विषय नरहेको विज्ञहरुले बताउँदै आएका छन्। फोहोरमा यदि राजनीति नहुने हो भने फोहोर व्यवस्थापनको विषय सजिलै समधान गर्न सकिने विज्ञहरु बताउँछन्।

काठमाडौँको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्न नसकिने वातावरणविद् श्रीकमल द्विवेदी बताउँछन्।

‘काठमाडौँको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र पुग्दैन। नकुहिने फोहोरलाई पनि वर्गीकरण गर्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले टक्सिक फोहोरहरुलाई छुट्टै व्यवस्थापन गर्न सक्नुपर्छ। जस्तो कि मोबाइल, ल्यापटप आदिको ब्याट्री, ह्याभि मेटलहरुलाई छुट्टै व्यवस्थापन गर्नुपर्छ।’

दिर्घकालीन फोहोर व्यवस्थापनका लागि स्कुलिङ नै राम्रो हुन जरुरी रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘हामीले बालबालिकालाई विद्यालय स्तरदेखि नै फोहोर व्यवस्थापनबारे सिकाउनुपर्‍यो। आफूले गरेको फोहोर कम्तिमा म आफैले सफा गर्नुपर्छ भन्ने जनचेतना मानिसमा हुनुपर्‍यो, तब मात्र फोहोर व्यवस्थापनबारे दिर्घकालीन नीति लिन सकिन्छ।’

महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए पनि त्यसलाई कडाइका साथ कार्यन्वयन गर्न भने कुनै खास नीति लिएको छैन। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले असार ३२ गते (हिजो) सामाजिक सञ्जाल फेसबुक मार्फत नगरबासीलाई अनुरोध गर्दै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न आग्रह गरेका छन्।

कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरुलाई बेग्ला बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुने बताउँदै उनले तत्कालका लागि महानगरको पनि सिमितता रहेको बताएका छन्। विस्तारै ती कुराहरुमा पनि सहजताका लागि महानगरले प्रयास गर्ने उनले बताएका छन्।

फोहोर संकलनका क्रममा फोहोर कुहिने र नकुहिने नछुट्याए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ। फोहोर छुट्याउने जिम्मेवारी जसले फोहोर उत्पादन गर्छ उसकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?