
अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्ध प्रमुख डीएसपी ढुण्डीराज न्यौपाने बताएका छन्।
फोहोरा वरपरका घरभन्दामाथिसम्म पुगिरहेको उनले बताएका छन्। यसबारे अध्ययनका लागि प्रहरीले खानी विभागका अधिकारीहरुलाई देखाइसकेको प्रहरीले बताएको छ ।
‘हामीलाई सुरुमा ग्यास निस्किरहेको छ भनेर खबर भएको थियो। त्यसपछि हाम्रो टोली त्यहाँपुग्दा ग्यास नभएर लेदो र माटो भएको पाइयो।’ उनी भन्छन्, ‘यसबारे हामीले खानी विभागलाई जानकारी गराइसकेका छौँ।’
करिब दुई घण्टाबाट लगातार लेदो र माटो निस्किरहेको प्रहरीले जनाएको छ।
यसरी निस्किएको हिलो र लेदोबाट कुनै मानवीय क्षति नभए पनि वरपर घरको छानामा लेदो र मोटो भरिएको प्रहरीले जनाएको छ।