वसन्त सापकोटा भन्छन्ः अनुमति बिना मेरा गीत कुनै पनि कार्यक्रममा नगाउनू

वसन्त सापकोटा भन्छन्ः अनुमति बिना मेरा गीत कुनै पनि कार्यक्रममा नगाउनू
+
-

काठमाडौँ – संगीतकार वसन्त सापकोटाले आफ्नो लगानीका गीतहरु सार्वजनिक कार्यक्रममा गाउनुपूर्व आफूसँग सम्झौता गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै सम्झौता नगरी आफ्नो लगानीका गीतहरु अब आइन्दा कुनै पनि कार्यक्रममा नगाउन अनुरोध गरेका हुन्।

यदी आफ्नो अनुमतिबिना गीत गाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रियामा जानेसमेत उनले चेतावनी दिएका छन्।

‘सार्वजनिक कार्यक्रमहरुमा गायक वा गायिकाले गीत गाउँछन् तर निर्माताको अधिकारलाई महत्व दिएको हुँदैन। त्यसैले यो प्रवृति सुधार गर्नुपर्छ भन्नको लागि मैले यस्तो आफ्नो धारणा सार्वजनिक गरेको हुँ,’ उनी भन्छन्, ‘निर्माताको अधिकार के हो भन्ने कुरामा बहस हुनु आवश्यक छ। मैले गीत नगाउन भनेको होइन, प्रक्रिया पुर्‍याएर गाउन मात्र भनेको हुँ।’

सापकोटा रोयल्टी संकलन समाजका कोषाध्यक्षसमेत हुन्। उनले थुप्रै गीतहरुमा संगीत भरिसकेका छन् भने आफै स्वरमा केही गीत गाउने र रचनासमेत गरेका छन्।

‘सागर सरी चोखो माया तिमीलाई दिउँला,’ ‘नाइँ नभन्नु ल’लगायत थुप्रै चर्चित गीतहरुमा सापकोटाले संगीत भरेका छन्। उनले गाएका ‘सान्नानीलाई भेट्न आउँदा रातै पर्‍यो बाटैमा’, ‘जाली रुमाल धुँदा धुँदै फाट्यो’ लगायत थुप्रै गीत चर्चित छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?