‘युरेनियम’जस्तो देखिने धुलोसहित मोरङबाट १५ जना पक्राउ

‘युरेनियम’जस्तो देखिने धुलोसहित मोरङबाट १५ जना पक्राउ
+
-

काठमाडौँ – मोरङ प्रहरीले दुई किलो युरेनियम भनिएको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ।

बिक्रीका लागि भनेर आएकाहरुलाई विराटनगरको दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

उनका अनुसार साउन १ गते मोरङ विराटनगर महानगरपालिका वडा नं. ९  स्थित ट्राफिक चोकमा रहेको ‘ठुलदाइको होटल’मा कोठा लिएर बसेकाहरुलाई विशेष सूचनाको आधारमा ८ जनाबाट १ केजी ८७.३ ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको हो।

त्यस्तै प्रहरीले साउन ३ गते १२:३० बजे मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ स्थित दुधफारमबाट विशेष सूचनाको आधारमा ७ जनाबाट ९७८.६ ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद गरेको हो।

साउन १ गते पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका– ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका– १२ का ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्षीय किरन राई रहेका छन्।

त्यस्तै साउन ३ गते पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका– ८ का ४५ वर्षीय जीवन गुरुङ, महोत्तरीको मङ्हा गाउँपालिका– ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका– १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका– ३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्तरीको मनराषीशवा नगरपालिका ३ का ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका– ५ का २८ वर्षीय श्याम घिमिरे रहेको कार्कीले बताए।

बरामद गरिएको सामान परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?