कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त
+
-

काठमाडौ–शहिद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपको लागि एन्फाले शुक्रवार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो।

शुक्रबार जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन्। महिला फुटबल संघकी पूर्व अध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फा जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ।

यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकारलाई जिम्मेवारी दिइएको छ। त्यस्तै सञ्जिव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ।

यसअघि १९ औं एशियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा टोली सम्हालेका थिए। राष्ट्रिय खेलकुद परिषद्को मातहतमा भएको प्रशिक्षणमा महर्जनले महिला टोली सम्हालेका थिए।

नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मिति भन्दा एक सातापछि धकेलिएको छ। यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ। नेपालले यसअघि पाचौं संस्करणको महिला साफ आयोजना गरेको थियो।

विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’