मुटुको शल्यक्रियाका लागि अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन संसदीय समितिको सुझाव

मुटुको शल्यक्रियाका लागि अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन संसदीय समितिको सुझाव
+
-

काठमाडौँ–संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ।

समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो।
मुटुका बिरामीहरुको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन।

उनले भनिन, ‘अक्सिजेनेटर मेसिन चाँही कूटनीतिक पहल गरेर तत्काल उपलब्ध गराउनु प¥यो भनेर म सरकारलाई सुझाव दिन चाहन्छु। मुटुको विरामीहरुको शल्यक्रिया नै हुन सकेन भनेर समाचार आएका छन। यस विषयमा सरकार संवेदनशील भएर यसको आवश्यक व्यवस्था छिटो मिलाउनु पर्‍यो।’

समितिले कोभिड संक्रमण बढन लागेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारलाई ्रसचेत गराएको छ।

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले विरामीहरुको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको स्पष्टिकरण समितिलाई दिएका थिए।

उनले युक्रेन युद्ध र कोरोना संकटका कारण पनि सो उपकरण ल्याउन नसकिएको पनि बताए।

कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य सामग्रीहरुको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरुको ध्यानाकर्षण गराए।

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’