अर्थतन्त्र संकटमा हुँदा आयात गर्ने वा नगर्ने अधिकार सरकारको : गोल्छा

अर्थतन्त्र संकटमा हुँदा आयात गर्ने वा नगर्ने अधिकार सरकारको : गोल्छा
+
-

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने/नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन्।

शुक्रवार नेकपा (एमाले) को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन्।

उनले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ? यो समयमा के आयात गर्नुहुन्छ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताए।

उनले निजी क्षेत्र स्वाभवैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताए।

अध्यक्ष गोल्छाले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कस्ट अफ डुइङ अत्याधिक हुनु रहेको दाबी गरे।

उनले जबसम्म कस्ट अफ डुइङ बिजनेश नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने जिकिर गरे।

अध्यक्ष गोल्छाले अनउत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताए।

उनले अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी,मोटरसाइलको आयातलाई रोक्दा राजश्व समेत रोकिने बताए।
अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत ब्याजदर बढ्न राम्रो नभएको बताए।

उनले भने,‘जब कुनै देशमा ६ महिनामा ६० देखि ७० प्रतिशत बैंकको ब्याजदर बढ्छ। त्यो देशको अर्थतन्त्र कस्तो अवस्थामा रहेको छ भन्ने सोझै देखिन्छ। अन्य देशमा बैंकको ब्याजदर १÷२ प्रतिशतले बढ्दा त्यहाँको अर्थतन्त्रमा ठूलो हलचल हुन्छ तर हाम्रोमा ६० प्रतिशत ब्याजदर बढेको छ यसले हाम्रो अर्थतन्त्र कस्तो छ भनेर देखाएको छ। अहिले निजी क्षेत्र निरास हुनुको मुख्य कारण बैंकहरुमा तरलताको अभावले गर्दा लगानी एकदमै न्यून रहेको छ। ठूलो उद्योगीहरुले पनि बैंकहरुले कर्जा पाउने अवस्था रहेको छैन। यस्तो अवस्थामा साना र मझौला उद्योगीहरुको हालत कस्तो होला सोच्न पनि सक्दैनौं।

उनले थपे,‘उनीहरु बैंकसँग कर्जा लिन नसक्ने अवस्थामा रहेको छ । यसले ठूलो निरासा छाएको छ । अहिले हरेक क्षेत्रमा माग घटेको छ । निर्माण सामग्रीमा ४० प्रतिशत मागमा कमी आएको पाएका छौं। अब फेरि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकेनौैं भने आउने आर्थिक वर्ष पनि ठूलो राजश्वमा ह्रास आएर साधरण खर्च पनि धान्न गाह्रो हुने र त्यसको लागि पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्छ भन्ने निजी क्षेत्रको ठूलो चिन्ताको विषय बनेको छ । यसको कारण व्यापार घाटा रहेको छ। हामीले अत्याधिक आयात ग¥यौं । अहिले सरकारले चालेक कदमहरु ठिक रहेका छन्।’

‘निजी क्षेत्रले भुक्तानी सन्तुलन के भइरहेको छ । अहिले तरलता के भइरहेको छ। हामीले के आयात गर्नुहुन्छ यस्तो बेला के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय होइन । यो विषय राष्ट्र बैंक वा सरकारको हो । निजी क्षेत्रलाई जब दोष दिइन्छ । हामीले उत्पादनशील क्षेत्रमा किन लगानी गरेनौं त । किन बढी आयात गर्‍यौँ जबसम्म कस्ट अफ डुइङ बिजनेश घट्दैन । उत्पादन क्षेत्रमा लगानी बढ्न सक्दैन । अनउत्पादनशील क्षेत्रमा लगानी भएन भने राज्यलाई राजश्व पनि उठ्दैन । अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको हो । गाडी,मोटरसाइकल आयातलाई रोक्ने हो भने राजश्व रोकिन्छ । त्यो पनि आवश्यक छ’,उनले थपे।

अध्यक्ष गोल्छाले पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण कर्जा नपाउँदा निजी क्षेत्र निरास भएको बताए।

उनले अझै पनि अर्थतन्त्र चलायमान नहुने र उत्पादन क्षेत्रमा लगानी न्यून रहने बताए।अध्यक्ष गोल्छाले पछिल्लो समय हरेक क्षेत्रमा वस्तुको मागमा कमी आएको बताए।उनले निर्माण उद्योगमा मात्रै ४० प्रतिशत वस्तुको मागमा कमी आएको बताए।

अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन नसके आउने आर्थिक वर्ष पनि राजश्वमा ठूलो ह्रास आउने दाबी गर्दै साधरण खर्च पनि धान्न गाह्रो हुने बताए।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको खण्डमा साधरण खर्च धान्न पनि कर्जा लिनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?