काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा

काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा
+
-

काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मारेको छ।

उक्त कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौँ प्रहरी परिसरले छापा मारेको हो। उक्त कल सेन्टर चिनियाँ नागरिकले सञ्चालन गरिरहेको भन्ने बुझिएको छ।

परिसरका अनुसार टोलीले छापा मारिरहेको र केही व्यक्तिसहित कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ। ‘अनलाइन ठगी भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मारेका हौँ। विस्तृत विवरण भने आउन बाँकी छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

यसअघि पनि कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले उपत्यका र अन्य जिल्लाबाट पनि कलसेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो।

त्यस्तै आइतबार मात्रै प्रहरीले कल सेन्टरबाट सर्वसाधारण ठगी गरेको आरोपमा तिलोत्तमाबाट ७ सञ्चालकसहित डेढ सय युवायुवतीलाई नियन्त्रणमा लिएको थियो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?