फुटपाथ व्यवसाय हटेसँगै फेरिएको नयाँ बानेश्वर (भिडियोसहित)

+
-

काठमाडौँ- काठमाडौँ महानगरले फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने भनेसँगै काठमाडौँको नयाँ बानेश्वरको फुटपाथ व्यवसाय हटाइएको छ।

अन्य समयमा फुटपाथमा राखिएको पसलका कारण हिँड्नसमेत असहज हुने यो स्थान हिजोआज खालि भएको छ जसका कारण पैदल यात्रीलाई सहज भएको देख्नसकिन्छ। अन्य समयमा पसल राखिने यो स्थानमा अहिले मोटरसाइकल पार्किङ गरेर राखिएको छ।

फेरिएको नयाँ बानेश्वर फुटपाथको व्यवसाय हटेसँगै खुल्ला बनेको छ भने पैदल यात्रीहरुले निर्धक्क भएर यात्रा गर्न पाउन थालेका छन्।

महानगरपालिकाको निर्देशन अनुसार विगत ४/५ दिनबाट यहाँ फुटपाथ पसलहरु हटाइएको त्यहाँ व्यवस्थापनमा खटिएका एक अधिकारीले बताएका छन्।

उनका अनुसार महानगरले अन्य स्थानबाट पनि फुटपाथ व्यवसायलाई धमाधम हटाइरहेको छ।

फुटपाथमा पुन: पसल नराख्न सुझाउँदै महानगरको टिम उक्त स्थानमा तैनाथ बस्ने गरेको छ। उक्त टिमले व्यावसायीहरुलाई फुटपाथमा पसल राख्न नदिन आग्रह गर्दै हटाउने गरेको छ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षका लागि नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममासमेत फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख गरेका छन् ।

सोही निर्णय अनुरुप मेयर शाहले विभिन्न काम गर्दै आएका छन्। फुटपाथ व्यापार नियन्त्रण गर्न मेयर बालेन्द्र शाह स्वयम् सडकमा निस्केका थिए। साउन ४ गते बेलुकी उनले बानेश्वरका सडकमा पसल थापेर बसेका फुटपाथ व्यापारीलाई आफैंले भेटेर सम्झाउने प्रयास गरेका थिए ।

उपत्यकामा फुटपाथको समस्या बर्षौँदेखि एक जटिल समस्याका रुपमा रहेको छ। यसअघि चूनिएका थुप्रै जनप्रतिनिधिहरुले यसलाई नियन्त्रणमा लिन खोजेपनि सम्भव भएको थिएन।

केही दिनअघि (साउन ३) गते नयाँ बानेश्वरमा स्थानीय र फुटपाथ व्यापारीहरुबीच तनावसमेत भएको थियो ।

बिरामी लिन घरमा गाडी लैजान खोज्दा फुटपाथ व्यापारीहरूले बाटो नदिएपछि आक्रोशित स्थानीयले फुटपाथ पसल भत्काइदिएका थिए। त्यसपछि त्यहाँ दुईतर्फी चर्काचर्की भएको थियो ।

यता काठमाडौँ महानगरपालिकाले भने फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको हो ।

फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको महानगरले बताएको छ। तर फुटपाथमा बर्षोदेखि व्यपार व्यवसाय गरेर गुजारा चलाइरहेकाहरु भने आफूहरुलाई कुनै विकल्पबिना नै फुटपाथबाट हटाउन खोजेको बताउँछन्। फुटपाथबाट व्यापार व्यवसाय हटाउनु पैदल यात्रीका लागी सहज हुने भएपनि आफ्नो भने रोजगारीको बाटो नै गुमेको उनीहरुले बताएका छन्। महानगरले कुनै विकल्पबिना नै आफूहरुलाई हटाएको उनीहरुको आरोप छ।

सडकमा व्यवसाय गर्नेबाट जफत गरिएका सामान लिलामी प्रक्रियामा जाने गरेको महानगरले जनाएको छ । सड्ने, गल्ने खाद्यवस्तु तथा तरकारी–फलफूल र प्रज्ज्वलन शील पदार्थलगायत सामानको भने जरिवाना तिराएर तत्काल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गर्ने गरिएको र नबिग्रने सामग्रीको मात्र लिलाम गर्ने गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?