लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने
+
-

बुटवल- लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ। लुम्बिनी विकास कोषको परिषद बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमनमा कमी आएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो।

कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ।

बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा विशेष ध्यान दिने बताए। उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए।

लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरी मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता उनले जनाए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप ब्यवस्थित रुपमा सुचारु गर्ने बताउँदै उनले विमानस्थलबाट लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्रााउने सरकारको लक्ष्य रहेको मन्त्री श्रेष्ठकाे भनाइ छ।

लुम्बिनी परिषद बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेस गरिएको छ। नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरू अघि सारिएको छ।

त्यस्तै, परिषदले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि आवश्यक रणनिति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठनजस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?