लगनशील उद्यमीलाई सामग्री हस्तान्तरण

लगनशील उद्यमीलाई सामग्री हस्तान्तरण
+
-

रसुवा – गाउँ समाजमा छरिएर रहेका उद्यमीलाई घरेलु समिति रसुवाले प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरेको छ।

सिपको सदुपयोग गर्दै आयआर्जनमा लगनशील भएका तर आर्थिक अभावका कारण काम गर्ने सामग्री नभएका उद्यमीलाई प्रविधि व्यवस्थापनअन्तर्गत सामग्री उपलब्ध गराई नियमित रोजगारीमा लगनशील गराउन प्रोत्शाहन गरिएको हो।

सार्वजनिक सूचनामार्फत खुलारूपमा सङ्कलन गरिएको माग फारमलाई सम्बोधन गर्दै उपलब्ध गराइएका सामग्रीले रोजगारिमा दिगोपन हुने अपेक्षा घरेलु समितिले गरेको छ।

सामग्री गत वर्षको कार्यक्रमअनुसार उपलब्ध गराइएको हो। प्रविधि हस्तान्तरण कार्यअन्तर्गत ८० प्रतिशत सरकारी अनुदान एवं किसानको तर्फबाट २० प्रतिशत रकम जम्मा गरी दर्ता भएका विभिन्न ५६ उद्यमी र फर्मलाई सामग्री खरिदको व्यवस्था गरिएको हो।

प्रविधि हस्तान्तरण कार्य नीतिअनुरूप उद्योगको कार्य क्षमताको आधारमा प्रति उद्योग रु ३० देखि रु ४० हजारसम्म उपलब्ध गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले जानकारी दिए।

अनुदान सहयोग गरिएका उद्योगतर्फ पशुपन्छी, धान कुट्ने, मकै पिस्ने, दाना बनाउने, बुट्टाकुध्ने मेसिन, दूध पेल्ने, छुर्पी बनाउनेजस्ता विविध प्रकारका उपकरण रहेको बताइएको छ। घरेलु समितिले प्रविधि हस्तान्तरणको साथै गत आर्थिक वर्षमा एक सय ६३ साना उद्योग एवं २२ वाणिज्य दर्ता गर्नुको साथै रु ३० लाख १३ हजार राजस्वसमेत आर्जन गरेको प्रमुख दाहालले बताए।

सिपको सदुपयोगबाट ग्रामीण क्षेत्रको जीविकोपार्जनमा सरलता ल्याउने सरकारी नीतिअनुरूप गरिएका सहयोगका सदुपयोगबाट सामाजिक जागरण बढ्ने आशा गरिएको कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?