
काठमाडौँ – उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो। त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ।

त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।
दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो। समग्रमाभन्दा काठमाडौँ उपत्यकाका सडकपेटीहरू सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन्।

मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै यात्रु ।

सानेपा फुटपाथमा लगाइएको रुख ।

चापागाँउको हिलाम्मे सडक ।
देशको संघीय राजधानी शहर काठमाडौँमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो। तर संघीय राजधानीको अवस्था त्यस्तो छैन।

पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख ।

ललितपुर थसिखेल फुटपाथमा फ्याकिएको फोहोर ।
यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन्। खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ। सडकमा भएका फुटपाथ पनि साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ।

वालकुमारी सडकको फुटपाथमा रहेको खाल्टो ।

बानेश्वरको फुटपाथमा पार्क गरिएका मोटरसाइकलहरु ।
यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ। फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ। हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन।

बानेश्वरको फुटपाथमा नेपाल प्रहरीले आन्दोलनकारीलाई रोक्न राखेको काँडेतार ।

सानेपा सडकमा राखिएको निर्माण सामाग्री ।
त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन। कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन्।

सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।

लगनखेल सातदोवाटो सडकको फुटपाथ ।

काठमाडौं दरवारमागमा भत्केको फुटपाथ ।