काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’
+
-

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको हत्या भएको छ।

तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँका प्रहरी प्रमुख भरत बोहराका अनुसार एकै परिवारका बाबुआमा र  छोराछोरी मृत फेला परेका हुन्।

काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घट्नास्थलमा खटिएको छ।

मृत्यु हुनेमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे र उनीहरुका छोराछोरी छन्।

प्रत्यक्षदर्शी तथा वडा सदस्यसमेत रहेका किशोर भण्डारीका अनुसार उनीहरु चारै जनाको शव कोठामा हत्या गरिएको अवस्था फेला परेको हो।

‘मृत्युभएका मध्ये दुई जनाको शव खाटमा देखिएको छ भने नानीबाबुहरु (छोराछोरी) को शव भुईँमा देखिएको छ,’ उनले भन्छन्, ‘सबैजनाको शवमा केही न केही चोट देखिएको छ। त्यसैले पनि हत्या हो भन्न सकिन्छ।’

उनका अनुसार परिवारिक झैझगडा वा अन्य केहीसमेत नरहेको बुझिएको छ।

घट्नाबारे सोमबार बिहान करिब ९ बजे थाहा पाएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?