सामूहिक हत्या प्रकरण: पत्नी र छोराछोरीसहित तीन जनाको हत्या गरेपछि युवकले आत्महत्या गरेको प्रहरीको आशंका

सामूहिक हत्या प्रकरण: पत्नी र छोराछोरीसहित तीन जनाको हत्या गरेपछि युवकले आत्महत्या गरेको प्रहरीको आशंका
+
-

काठमाडौँ  काठमाडौँको काभ्रेस्थलीमा हत्या भएको चारै जनाको पहिचान खुलेको छ।

तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका थिए।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घट्नास्थलमा खटिएको छ।

प्रत्यक्षदर्शीका अनुसार चारै जनाको शव कोठामा हत्या गरिएको अवस्था फेला परेको हो।

घट्नामा संलग्न एक प्रही अधिकारीका अनुसार प्रहरीकाका अनुसार चार जनाको शव घरको छुट्टाछुट्टै कोठामा भेटिएको हो ।

दिनेशको शव एउटा कोठामा र उनकी सुनिता, छोरा आशिष र छोरी आशिकाको शव अर्को कोठामा फेला परेको हो।

घट्नाको प्रकृति हेर्दा बाहिरको व्यक्ति आएर हत्या गरेको हुननसक्ने उनले बताएका छन्। उनका अनुसार दिनेशले नै अन्य तीन जनालाई छुरा प्रहार गरी विभत्स ढंगले हत्या गरेको र त्यसपछि आफूले पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको प्रहरी स्रोतले बताएको छ। घट्नाबारे बिहान करिब ९ बजे थाहा पाएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्या कसरी भयो, कस्ले गर्‍यो भन्ने अनुसन्धानबाट थाहा हुने काठमाडौँ प्रहरी प्रमुख भरत बोहोराले बताएका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?