काभ्रेस्थली सामूहिक हत्या प्रकरण: पाण्डेकी छोरी विद्यालय नगएपछि हत्याबारे थाहा पाएका थिए स्थानीयले

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: पाण्डेकी छोरी विद्यालय नगएपछि हत्याबारे थाहा पाएका थिए स्थानीयले
+
-

काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजनाको हत्या भयो।

काठमाण्डौ जिल्ला तारकेश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरीय प्रही परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

उनका अनुसार पाण्डेको छोरी बिद्यालय जानु पर्नेमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

‘घरधनी दिनेश पाण्डेको छोरी ८ बजे विद्यालय जानु पर्नेमा नआएकोले छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको भन्ने खबर हामीलाई आएको थियो,’ उनी भन्छन्, ‘घरबाट आवाज नआएको भनी प्रहरीलाई सूचना प्राप्‍त हुन आएपछि प्रहरीले टोली खटाएको हो।’

घट्नाबारे थाहा पाउनासाथ तत्कालै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहिको अनुसन्धान टोली खटिई घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा घरको सम्पूर्ण झ्याल ढोकाहरु भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको उनले बताएका छन्।

घट्नाको प्रकृति हेर्दा बाहिरको व्यक्ति आएर हत्या गरेको हुन नसक्ने प्रहरीले अनुमान गरेको छ। दिनेशले नै अन्य तीन जनालाई छुरा प्रहार गरी विभत्स ढंगले हत्या गरेको र त्यसपछि आफूले पनि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको प्रहरी स्रोतले बताएको छ। घट्नाबारे बिहान करिब ९ बजे थाहा पाएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा  काठमाण्डौ परिसरबाट प्रहरी उपरीक्षकसहितको प्रहरी टोली, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली खटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिरहरु: सुलभ श्रेष्ठ

यो पनि पढ्नुहोस्

सामूहिक हत्या प्रकरण: पत्नी र छोराछोरीसहित तीन जनाको हत्या गरेपछि युवकले आत्महत्या गरेको प्रहरीको आशंका

सामूहिक हत्या प्रकरण: पत्नी र छोराछोरीसहित तीन जनाको हत्या गरेपछि युवकले आत्महत्या गरेको प्रहरीको आशंका

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

काभ्रेस्थली सामूहिक हत्या प्रकरण: प्रत्यक्षदर्शी भन्छन्- ‘सबै शवमा केही न केही चोट’

काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

काठमाडौँमा एकै परिवारका चारजनाको हत्या

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?