
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा पत्नी र छोराछोरीको सामूहिक हत्यापछि दिनेश पाण्डेले आत्महत्या गरेको हुनसक्ने घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
सोमबार बिहान भएको घटनापछि अनुसन्धानका लागि पुगेको प्रहरीसँग घटनामा ज्यान गुमाएकी सुनिताका आफन्तले निष्पक्ष छानबिनका लागि माग गरेका छन्।
केही दिनपछि बेलायत जाने तयारीमा रहेकी सुनितासहित उनका दुई छोराछोरीको हत्यापछि पाण्डेले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
उनीहरुबीच पारिवारिक झगडा रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनास्थल पुगेका देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

तस्बिर: सुलभ श्रेष्ठ

तस्बिर: सुलभ श्रेष्ठ

तस्बिर: सुलभ श्रेष्ठ

तस्बिर: सुलभ श्रेष्ठ

तस्बिर: सुलभ श्रेष्ठ

तस्बिर: सुलभ श्रेष्ठ