
काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एउटै परिवारका चार जनाको हत्या भएको घट्नामा मृतक सुनिताका माइती पक्षले शव उठाउन दिएका छैनन्।
पारिवारिक झगडाका कारण हत्या भएको भन्दै सुनिताका परिवारले शव उठाउन नदिएको प्रहीले जनाएको छ।
प्रहरीका अनुसार अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन्। तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको छ।
हत्या भएकी ३९ वर्षीया सुनिता पाण्डे बेलायत जाने तयारीमा रहेको बुझिएको छ।
पति दिनेश पाण्डेसँग घर झगडा बढ्दै गएपछि सुनिता बेलायत जाने तयारीमा थिइन्। उनलाई माइतीले नै बेलायत पठाउन लागेका थिए।
उनीहरु पारिवारिक झगडालाई लिएर पटकपटक प्रहरी वृत्त बालाजु पुगेको प्रहरीले जनाएको छ।
काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।