मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति ‘चोरीको सुन कारोबारी’

मुम्बई जान लागेको विमानबाट पक्राउ परेका व्यक्ति ‘चोरीको सुन कारोबारी’
+
-

काठमाडौँ – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ।

पक्राउ पर्नेमा कैलाली घर भएका सन्तोष लामिछाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीसँगै मुम्बई जान लागेकी अर्की एक महिला मीना लामिछानेलाई समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका लामिछाने सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ।

उनले चोरीको सुन कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

सुन व्यवसायी मुम्बई जाने क्रममा विमानस्थलबाट पक्राउ परेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन्। उनका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो। पक्राउ गर्ने क्रममा करिब एक घण्टा उडान ढिलो भएको उनले बताए।

जहाज उड्न लागेको बेलामा प्रहरीले गोप्य सूचनाको आधारमा लामिछानेलाई पकाउ गरेको हो। प्रहरीले उड्नै लागेको जहाजबाट सबै यात्रु उतारेर उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सन्तोषलाई कैलाली प्रहरीको गोप्य सूचनाको आधारमा प्रकाउ गरिएको भए पनि मीना लामिछानेलाई भने उनीसँगै जान लागेको भएकाले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?