काठमाडाैँमा एक चिनियाँ नागरिक अपहरण, ६ नेपाली पक्राउ

काठमाडाैँमा एक चिनियाँ नागरिक अपहरण, ६ नेपाली पक्राउ
+
-

काठमाडौँ – काठमाडाैँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिराैती माग्ने ६ जना नेपालीलाई प्रहरीले पक्राउ गरेकाे छ।

बुधबार साँझ लैनचौरबाट एक चिनियाँ नागरिकलाई अपहरण गरी एक कराेड फिराैती मागेकाे आराेपमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेकाे हाे।

उनीहरूले ती चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएकाे छ।

प्रहरी स्राेतका अनुसार ती चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौतीसमेत माग गरिएको बुझिएको छ।

पछि ५० लाख रुपैयाँमा अपहरणमुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?