चिनियाँ अपहरणमा प्रहरीले नै मागे एक करोड फिरौती, सरकारी पेस्तोल प्रयोग

चिनियाँ अपहरणमा प्रहरीले नै मागे एक करोड फिरौती, सरकारी पेस्तोल प्रयोग
+
-

काठमाडौँ – चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशका पीएसओले सरकारी पेस्तोल प्रयोग भएको खुलेको छ।

नेपालमा बस्दै आएका एक जना चिनियाँ नागरिकको अपहरणका लागि उच्च अदालत पाटनका एक जना न्यायाधीशका पीएसओ ३७ वर्षीय हवल्दार कर्ण गुरुङले बोक्दै आएको सरकारी पेस्तोल देखाएर अपहरण गरेको खुलेको प्रहरी स्रोतले बताएको छ।

प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवारलाई पनि पक्राउ गरेको छ।

अपहरणमा दुई जना प्रहरीसँगै अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

उनीहरूले चिनियाँ नागरिकलाई काठमाडौँबाट अपहरण गरेर मित्रनगरस्थित प्यूठान होटल एन्ड लजमा बन्धक बनाएका थिए।

उक्त होटलमा चिनियाँ नागरिकलाई बन्धक बनाएका उनीहरूले १ करोड रूपैयाँ फिरौती बार्गेनिङ गरेका थिए। चिनियाँ नागरिकका आफन्त ५० लाख रूपैयाँ दिन तयार भएका थिए।

बार्गेनिङपछि फिरौती रकम लिन आएका बेला बिजी मलअगाडिबाट बुधबार राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?