नेपाल ई–स्पोर्टस् एसोसियसनका अध्यक्ष सुरज डंगोलसँग कुराकानी

‘ई–स्पोर्टस् र पढाइ सँगसँगै लैजान सकिन्छ’ (भिडियो)

+
-

पछिल्लो केही समययता ई–स्पोर्टस्‌को लोकप्रियतामा ठूलो वृद्धि भएको देखिएको छ। ‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो। यसभित्र ‘पब्जी’, ‘क्ल्यास अफ क्ल्यान’ डोटा, ‘सिएस गो’, ‘एमएलबिबी’, ‘टेकेन ७’लगायत धेरै खेलहरु पर्छन्।

विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको छ। अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी झांगिएको छ।

यसै सन्दर्भमा नेपाल ई–स्पोर्टस् एसोसियसनका अध्यक्ष सुरज डंगोलसँग गरिएको कुराकानीः

१) ई–स्पोर्टस् कस्तो खालको प्लेटफर्म हो?

– इलेक्ट्रोनिक मिडियमबाट खेल्ने विभिन्न खेललाई नै ई–स्पोर्टस् भनिन्छ।

२) यसको इतिहास विश्व अनि नेपालको सन्दर्भमा कस्तो छ?

– विश्वमा ई–स्पोर्टस्‌को सुरुआत कम्प्युटरको विकास भइसकेपछि गेमहरु खेल्दा भएको हो। त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ।

विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्‌को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ।

नेपालको कुरा गर्नुपर्दा इन्टरनेशनल स्पोर्टस् फेडेरेसन(आईएसएफ) ले विश्वको सबै स्पोर्टस्‌लाई कनेक्ट गर्ने हिसाबले सुरु भइसकेपछि हामीले सन् २०१२/२०१४ देखि प्रयास गर्‍यौँ र अन्ततः २०१६ मा हामीले यसको मान्यता पायौँ। र, हामीले नेपालमा कानुनी रुपमा यसलाई स्थापित गर्‍यौँ।

ओलम्पिक कमिटीले पनि नेपालमा हामीलाई इन्भेस्टमेन्ट गरेको छ। साथै नेपालमा पनि हामीले यसलाई अब स्पोर्टसको रुपमा स्थापित गराउन खोजिरहेका छौँ।

सन् २०१८ मा नेपाल स्पोर्टस् च्याम्पियनसीप गर्‍यौँ र २०१९ मा पनि भयो। त्यसपछि भने कोभिडका कारण केही समय रोकियो। यो दौरानमा हामीले नेपाललाई विभिन्न इन्टरनेशनल गेमहरुमा भाग लिन पठाइरहेका छौँ।

नेपालमा अझै पनि हामी विकासक्रममा नै छौँ। यसबारे अझै सचेतना ल्याउन हामी प्रयास गर्दैछौँ। तर, विश्वको कुरा गर्नुपर्दा सन् २०१८ मा ताइवानमा गेम हुँदाखेरि ताइवानका प्रधानमन्त्री नै आएर त्यो गेमको ओपनिङ र क्लोजिङ सेरेमोनी गर्नुभएको थियो। उहाँहरुले एकदम महत्व दिनुभयो यसलाई। इकोनोमीसँग नै जोडेर यो सब गर्नु भा’छ।

३) यसमा कस्ता–कस्ता खालका गेमहरु पर्छन्?

– ई–स्पोर्टस्‌मा विभिन्न खालको गेमहरु छन्। पिसी गेम्स भनेपछि कम्प्युटरमा खेल्ने गेमहरु हो, कन्ट्रोल भनेको प्ले स्टेशनमा खेल्ने गेमहरु हो, मोबाइल गेम्स भयो, अर्को चाहिँ अब सिमुलेशन गेमहरु पनि हुन्छ। अहिलेसम्म हामीले पठाइरहेको भनेकोचाहिँ पिसी गेम्सहरु हो। र, अब विस्तारै मोबाइल गेम्स जस्तै– पब्जीहरुमा पनि पार्टिसिपेसन गरेका छौँ।

गेमहरु त नयाँ–नयाँ आइरहेको हुन्छ। अब अहिले चाहिँ कस्तो हुन्छ भने कुनै गेमहरु कुनै निश्चित देशहरुमा चल्ने हुन्छ। तर, नेपालमा अहिले एकदम चलिरहेको गेम्सहरु चाहिँ मोबाइल गेम्सहरु हो। जस्तै– पब्जी, फ्रिफायर। त्योबाहेक पनि पिसी गेम्समा टोटा भयो। सीएसगो भयो, यो चलिराखेको छ। यो डिफरेन्ट टाइपको गेम, डिफरेन्ट जेनरेशन, डिफरेन्ट डिभाइसमा फरक–फरक किसिमले चलिराख्या छ।

४) सोसल मिडिया र अनलाइनको प्रयोग बढेसँगै ई–स्पोर्टस् बढेको हो?

– सोसल मिडिया मात्र नभनौँ। यो चाहिँ बिस्तारै इलेक्ट्रोनिक्स डिभाइसहरु प्रयोग गर्दै गयौँ र त्यसपछि गेमको पनि विकास हुँदै गयो।

त्यो सँगसँगै डिभाइसहरु पनि सँगसँगै विकास हुँदै गइसकेपछि अर्फोडेबल भएर घर–घरमा पुग्यो र यसको झनै विकास हुन थालेको छ।

५) केही समयअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टसका लागि बजेट छुट्याइएको कुरा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थियो। यदि बजेट छुट्याइएको भए यसले ई–स्पोर्टस्‌लाई कस्तो फाइदा पुग्ला?

– सरकारसँग यो भन्दा पहिला हामीले त्यस्तो केही सहयोग मागेका पनि छैनौँ। हामीहरु आफैले गरिरहेका छौँ। तर, उहाँहरुले नोटिस गरेर पहिचान गरेर छुट्याइदिनु भयो, त्यसको लागि चाहिँ धन्यवाद दिनैपर्छ।

गेमहरु चौबिसै घण्टा त खेल्नु भएन, जसरी हामीले फुटबल, क्रिक्रेट अभ्यास गछौँ, त्यसरी पनि यसलाई समय मिलाएर खेल्दा र साथसाथै पढाईलाई पनि सँगै लाग्यो भने राम्रै हुन्छ।

६) सरकारबाट कस्तो खालको अपेक्षा राख्नु भएको छ?

– सरकारले चाहिँ यसलाई स्पोर्टसको रुपमा स्थापित गरेर सहयोग गरिदियो भने चाहिँ हामी अगाडि बढ्न अझ सहयोग हुन्थ्यो भन्ने लाग्छ।

७) ई–स्पोर्टस्‌ले गर्दा बालबालिकालाई पढ्न मन नलाग्ने, डिप्रेसन पनि देखियो भनिन्छ नि?

– अभिभावकको पनि आफ्नो ड्यूटी हुन्छ। बच्चाहरुलाई कति खेल्न दिने र कति पढ्न लगाउने भनेर। पहिला–पहिला टीभी हुँदा दिनभरि टिभी हेर्‍यो, मोबाइल आएपछि दिनभरि मोबाइल चलायो भन्ने हुन्छ, त्यसपछि गेम खेल्यो भन्ने हुन्छ।

पहिला–पहिला यो कुरा नहुँदाखेरि दिनभरि फुटबल खेलिन्थ्यो। त्यसैले यसमा चाहिँ अभिभावकले पनि समयतालिका बनाउन आवश्यक छ, आफ्ना बच्चालाई के गर्न दिने र के गर्न नदिने भनेर।

त्यसमा चाहिँ अभिभावकको भूमिका मुख्य रहन्छ। त्यो भन्दा भन्दै पनि हामीले सरकारको सहयोग पायौँ भने सहज हुनेछ।

चीनमा कस्तो नियम छ भने उहाँहरुको सुत्ने टाइम हुने रैछ। जस्तो कि, ६ घण्टा खेल्नु भयो भने ६ घण्टापछि त्यो आईडीबाट त्यो गेम चल्दैन, टाईमिङ आवरहरु हामीले सेट गर्न सक्छौँ तर त्यसको लागि सरकारले सहयोग गर्नु पर्‍यो।

८) आगामी योजना के कस्ता छन्?

– आगामी योजना भनेको ई–स्पोर्टसबारे सचेतना कार्यक्रम लाने, त्यो बाहेक पनि अब हाम्रो ई–स्पोर्टस्‌मा जेण्डर इक्वालिटीको लागि पनि लड्ने हो।

त्यसपछि अर्को भनेको साइबर बुलिङको छ, त्यसलाई हामी कसरी कम गर्न सक्छौँ, त्यसबारे पनि कुरा भइरहेको छ।

सँगसँगै, हामीले अरु टुर्नामेन्टहरु कुन–कुन छ, विदेशमा भएको टुर्नामेन्टमा भाग लिनको लागि उचित वातावरणको लागि अझै तयारी हुँदैछ।

ई–स्पोर्टस्‌को एउटा अर्को फाइदा के छ भने यसमा ‘अल मेल’ अनि ‘अल फिमेल’ हुनुपर्छ भन्ने छैन, यसमा चाहिँ महिला र पुरुषको टिम मिलाउन मिल्छ, मिक्स्ड टिम बनाएर।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?