जुत्ता कारखाना आगलागी: विद्युत सर्ट हुँदा आगलागी, कच्चा पदार्थ र केमिकल जलेर नष्ट

जुत्ता कारखाना आगलागी: विद्युत सर्ट हुँदा आगलागी, कच्चा पदार्थ र केमिकल जलेर नष्ट
+
-

काठमाडौँ- काठमाडौंको बालाजुमा बुधबार दिउँसो जुत्ता कारखानामा लागेको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जुत्ता कारखानामा लागलागी हुँदा करिब साढे चार करोड रुपैयाँ क्षति भएको प्रारम्भिक विवरण आएको हो। कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएको उनले बताएका छन्।

बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा बुधबार पौने १२ बजेबाट सुरु भएको आगो करिब २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

आगो स्थानीय, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।

कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । यद्यपि प्रहरीले भने विद्युत् सर्ट भएरै आगलागी भए नभएकोबारे अनुसन्धान गरीरहेको राठौरले बताएका छन्।

‘प्रारम्भिक विवरण अनुसार करिब साढे चार करोड रुपैयाँ क्षति भएको भन्ने जानकारी हामीलाई आएको छ।’ उनी भन्छन्, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा विद्युत सर्ट भएर नै आगलागी भएको देखिएको छ त्यसका लागि अनुसन्धान भइरहेको छ।’

वरिपरि घरहरु भएपनि आगोले कुनै मानवीय क्षति नगरेको उनले बताएका छन्।

औद्योगिक क्षेत्रमा आगलागी भएकोबारे गृहमन्त्री बालकृष्ण खाँणलेसमेत चासो लिएर सुरक्षा निकाय र प्रशासनसँग चासो राखेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?