
काठमाडौँ – काठमाडौँको थापाथलीस्थित बागमती पुलबाट एक युवतीले हामफालेर आत्माहत्याको प्रयास गरेकी छन्।
आज दिउँसो करिब सवा ४ बजेको समयमा एक युवतीले आत्माहत्याको प्रयास गरेको महानगरीय प्रहरी प्ररीसरका प्रवक्ता एसपी दिनेश राज मैनालीले जानकारी दिए।
उनका अनुसार सिंहदरबार प्रहरीले उक्त महिलालाई उद्धार गरी अस्पताल पठाइएको छ।
महिलाको परिचय भने खुलिनसकेको उनले बताएका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।