प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउँछः योगेश भट्टराई

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउँछः योगेश भट्टराई
+
-

काठमाडौँ– नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन्।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षाअनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिए।

उनले पार्टीले तयार पार्ने चुनावी घोषणा पत्र मुलुकमा विद्यमान आजको चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए।

सचिव भट्टराईले भने, ‘नेकपा (एमाले), जोसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ। र, आउने दिनमा पनि नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार सञ्चालन गर्ने त्यो आकांक्षासाथ हामी चुनावमा जाँदै छौं। त्यसो हुँदा हाम्रो घोषणा पत्र बढी व्यावहारिक, बढि उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसावले होइन, एउटा राजनीतिक दलको हिसाबले भोलि गर्न सकिने मुद्दामा केन्द्रित हुँदै व्यावहारिक मुद्दामा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं। विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिनेछ। र, त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतीलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षाअनुरुप घोषणा पत्र बनाउन हामी सक्षम हुनेछौं।’

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे।

एमालेले पार्टीका सबै विभागलाई भाद्र १५ गतेभित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ। सोहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?