शिक्षक दरबन्दी मिलान गर्न अनुगमन समितिकाे सुझाव

शिक्षक दरबन्दी मिलान गर्न अनुगमन समितिकाे सुझाव
+
-

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्न गएको समितिले गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक दरबन्दी मिलान गर्नुपर्ने सुझाव समितिको प्रतिवेदन पेस गरेको छ। कतै विद्यार्थी चाप बढी र कतै शिक्षक अभावको निष्कर्ष समितिले निकाल्दै जसरी पनि दरबन्दी मिलान गर्नुपर्ने प्रतिवेदनले निक्र्याेल निकालेको हो।

गाउँपालिका सामाजिक समितिका सदस्य–सचिव कृष्णप्रसाद आचार्यका अनुसार एक हप्ता लामो अनुगमन गर्दा शिक्षक दरबन्दी मिलान अनिवार्य देखिएको छ। समिति वास्तविक अवस्था बुझ्न गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा पुगेको थियो। त्यसैअनुसार अनुगमन समितिले आफ्नो प्रतिवेदन तयार गरी गाउँ शिक्षा समितिलाई पेस गर्ने तयारी समितिले गरेको छ।

गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यकताका आधारमा शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने सुझाव समितिको छ। समितिले कतै ६ जना विद्यार्थी, दुई जना शिक्षक, कतै दरबन्दीबिनै विद्यालय सञ्चालनमा आएको, कतै विद्यार्थी अनुपातभन्दा शिक्षक दरबन्दी बढी देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

लामो समयसम्म विद्यालयमा शिक्षकको दरबन्दी मिलान हुन नसकेका बेला सिमकोट गाउँपालिकाले त्यो कार्य गर्ने तयारी थालेको छ। गाउँपालिकाभित्रका विद्यालयमा शिक्षक र विद्यार्थी अनुपात नमिल्दा गुणस्तरीय शिक्षा आर्जनमा समस्या देखिएपछि शिक्षक दरबन्दी मिलान कार्य हुनेछ।

शिक्षा समितिले सात सदस्यीय अनुगमन समिति गठन गरेर विद्यालयमा परिचालन गरेको थियो।

गाउँ शिक्षा समिति एवं गाउँपालिका अध्यक्ष विजय भण्डारीले अब केही समयमै विद्यालयका शिक्षकको दरबन्दी मिलान कार्य हुने जानकारी दिए। यसका लागि समितिले विद्यालयको अवस्था बुझ्न अनुगमन समिति गठन गरेर स्थलगत रूपमा खटाएको थियो। उनले समितिको प्रारम्भिक प्रतिवेदनको आशय पनि शिक्षक दरबन्दी मिलान मुख्य कुरा आएको बताउँदै अब यसलाई जसरी पनि कार्यान्वयनमा ल्याउने जनाए। जिल्लाभरि नै लामो समयदेखि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसकेको समयमा सिमकोट गाउँपालिकाले यो कार्यको थालनी गर्न लागेको हो।

अध्यक्ष भण्डारीले अब को शिक्षक कता जाने भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि दरबन्दी मिलान गरेर आवश्यकताका आधारमा विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गरी त्यसअनुसार व्यवस्था हुने उल्लेख गरे। उनले जसरी पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु पहिलो कार्य भएकाले त्यस कार्यमा गाउँपालिका लाग्ने बताए।

सिमकोट गाउँपालिका २३ वटा आधारभूत र मावि विद्यालय छन् भने २६ वटा बालविकास केन्द्र छन्। तीन वटा माविसहित दर्जन विद्यालय शिक्षक दरबन्दीबिनै सञ्चालन हुँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष