
पोखरा – पोखरामा नवौँ राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ।
गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्न गर्नका लागि कार्यालय पोखरा रंगशालामा स्थापना गरिएको हो। नवौँ खेलकुद प्रतियोगिता हुनका लागि ५१ दिन मात्रै बाँकी छ।
कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
मन्त्री गहतराजले खेलकुदका लागि आवश्यक बजेटमा चिन्ता लिन नपर्ने बताए। उनले प्रतियोगिता सफल पार्नका लागि प्रदेश सरकार र पोखरा महानगरले विशेष सहयोग गर्नुपर्ने बताएका छन्।
असोज २८ देखि कात्तिक ३ गतेसम्म ३६ वटा प्रतिश्पर्धात्मक र २ वटा प्रदर्शनीको खेल हुनेछ। त्यसका लागि गण्डकीमा खेलाडी छनोट र प्रशिक्षण सुरु भैसकेको छ।