
काठमाडौँ – प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान १० बजे बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस हुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ।
सचिवालयका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गर्नेछन्।
त्यसअघि उक्त विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेकाे छ।