नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती
+
-

फुङ्लिङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।

कोभिड- १९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ। नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ- ७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो।

नाका नखुल्दा ती क्षेत्रमा सास्ती भएको जनाउँदै फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गरेका थिए।

स्थानीयवासीको सामान आयात – निर्यातको मुख्य नाका रहेकाले चाँडै खोल्नुपर्ने गाउँपालिकाले जनाएको छ।

यस क्षेत्र सडक सञ्जालबाट टाढै रहेको र तिब्बतको बजार नजिक पर्ने भएकाले तिब्बत नै यहाँका बासिन्दाको मुख्य बजार हो।

विशेषगरी पशुपालन, जडीबुटी सङ्कलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ। दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न कठिन भएको छ भने आयात – निर्यात दुवै ठप्प हुँदा बस्ती स्थानान्तरणकै स्थिति सिर्जना भएको पत्रमा उल्लेख छ।

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पुर्‍याउन सकिन्छ। सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पुर्‍याउँदा लागत मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको स्थानीय तेन्जिङ शेर्पा बताए।

नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन्। सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन्।

बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रही आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?