सस्तो दररेटमा अमेरिकी डलर साटिदिने भन्दै श्रृंखलाबद्ध ठगी, दुई जना पक्राउ

सस्तो दररेटमा अमेरिकी डलर साटिदिने भन्दै श्रृंखलाबद्ध ठगी, दुई जना पक्राउ
+
-

काठमाडौँ – काठमाडौँमा अमेरिकी डलर सस्तो दररेटमा साटिदिने भन्दै श्रृंखलाबद्ध ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताएका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थलाडाँडाका ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ३१ वर्षीय विष्णु तामाङ रहेको उनले बताएका छन्।

उनीहरुले बौद्ध, टोखा, साँखु, कपनलगायत काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ठगी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। सस्तो दररेटमा अमेरिकी डलर नेपाली रुपैयाँसँग साटिदिने भन्दै ठगी गर्ने गरेको खुलेको छ।

भदौ ६ गते टोखाको युनिक कोलोनीबाट डलर साट्ने भन्दै १५ लाख रुपैयाँ ठग्न लागेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ठगी गर्न प्रयोग गर्ने गरेको ५, १० र २० रुपैयाँका नोट पनि बरामद भएको छ।  उनीहरुले विभिन्न व्यक्तिलाई टेलिफोन गरेर आफूसँग अमेरिकी डलर रहेको र त्यो सस्तो दरमा साटिदिने भन्दै प्रलोभनमा पार्ने गरेको पाइएको प्रहरीले जानएको छ।

१ र १० का दरका अमेरिकी डलर सुरुमा देखाएर सटही गर्ने बेलामा सुनसान एकान्त स्थानमा बोलाएर झुक्याएरभित्र नेपाली ५, १० र २० रुपैयाँका नोट राखिदिने र पीडितसँग रुपैयाँ लिएर भाग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरुले धेरै वटा मोबाइल नम्बर प्रयोग गर्ने, एउटा घटनामा प्रयोग गरेको मोबाइल पुनः प्रयोग नगर्ने गरेको खुलेको एसपी कोइरालाले बताएका छन् ।

ठगीमा परेका व्यक्तिले पनि त्यस्ता व्यक्तिलाई नचिनेको पाइएको उनले बताएका छन्। अनुसन्धान कार्यालयले पीडितले दिएको हुलियाको आधारमा स्केच बनाएर ती व्यक्ति पत्ता लगाएको हो। पक्राउ परेका दुई जनाले काठमाडौँमा हालसम्म पाँच स्थानमा यसरी ठगेको खुलेको छ।

उनीहरुको साथबाट पाँच रुपैयाँ दरका ३२५ थान, १० रुपैयाँका दरका ९ थान, २० रुपैयाँका दरका १०९ थान, अमेरिकी डलर १ दरका ८०० थान र ५० दरका ३७ थान बरामद गरेको छ।

प्रहरीले उनीहरुलाई थप कारबाहीका लागि प्रहरी बृत्त बौद्ध पठाइएको एसपी कोइरालाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?