प्रचण्डका घरबेटीलाई लगाइयाे तीन वर्ष प्रतिबन्ध, यी हुन् कालोसूचीमा परेका १० कम्पनी

प्रचण्डका घरबेटीलाई लगाइयाे तीन वर्ष प्रतिबन्ध, यी हुन् कालोसूचीमा परेका १० कम्पनी
+
-

काठमाडौँ – ठेक्का लिएकाे काम समयमा सम्पन्न नगर्ने तथा पटक-प‍टक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने १० ठेकेदार कम्पनीलाई सरकारले कालाेसूचीमा राखेकाे छ।

ठेक्का लिएकाे काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई कारबाहीसहित सूची सार्वजनिक गरिएकाे हाे।

जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीसमेत परेकाे छ। बुधबार सार्वजनिक गरिएकाे सूचना अनुसार उनलाई ३ वर्ष कुनै काम गर्न नपाउनेगरी प्रतिबन्ध लागाइएकाे हाे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले  सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सामेद हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराइएकाे हाे।

निमार्णकाे काम अलपत्र पार्दासमेत प्रचण्डले बचावट गरी राखेकाे भन्ने आराेपकाबीच हालै उनीमाथि कारबाहीकाे सूचना सार्वजनिक भएकाे हाे।

यसै सन्दर्भमा केहीदिनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि फेसबुकमा प्रचण्डको घरबेटीले बाटो नबनाएका कारण काठमाडौँको फोहोर उठाउन गारो भएको बताएका थिए। यसका साथै उनले प्रचण्डले ठेकेदार अधिकारीलाई अंगरक्षकले जसरी संरक्षण गरेकाे आराेपसमेत लगाएका थिए।

यी हुन् कालाेसूचीमा परेका दश ठेकेदार कम्पनी:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?