खप्तड लघुवित्तको आइपीओ आजदेखि भर्न पाइने

खप्तड लघुवित्तको आइपीओ आजदेखि भर्न पाइने
+
-

काठमाडाैँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पूँजीको ०.५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार तीन सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?