धौलागिरिको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

धौलागिरिको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका
+
-

काठमाडौँ – धौलागिरि लघुवित्तको आइपीओ आज बुधबार बाँडफाँट भएको छ। कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताले मात्र यसमा गोलाप्रथामार्फत सेयर प्राप्त गरेका छन्।

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ।

धौलागिरिले साउन २४ गतेदेखि २९ गतेसम्म कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५% अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

यसकाे नतिजा हेर्नकाे लागि लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।

साथै, धौलागिरी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?