टेस्टदेखि एसोसिएटेड देशसम्म फैलिएका भारत-पाक खेलाडी

टेस्टदेखि एसोसिएटेड देशसम्म फैलिएका भारत-पाक खेलाडी
+
-

पछिल्लो समय टेस्टमात्र होइन, एसोसिएटेड देशमा समेत लोकप्रिय र प्रतिस्पर्धात्मक बन्दै गएको क्रिकेटमा भारत-पाक खेलाडीको बाहुल्यता भने बढ्दै गएको छ। विश्वभरको जुनसुकै कुनामा हुने क्लब प्रतियोगितादेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म भारतीय र पाकिस्तानी मुलुकका खेलाडीको बाहुल्यता रहेकाे छ।

सोमबारमात्र भएको भारत र जिमबाब्वेबीचको खेलमा भारतविरुद्ध निकै राम्रो लयमा ब्याटिङ गरेका सिकन्दर रजाले १ सय १५ रनको शतकीय इनिङ खेले। उनको जन्म भने पाकिस्तानमा भएको थियो। उनकै शानदार ब्याटिङमा जिम्बाब्वे १३ रनले मात्र हार्‍याे।

सिकन्दरजस्तै अन्य स्टार खेलाडी जसको जसकाे जन्म भारत र पाकिस्तानमा भएको छ। सिकन्दर पाकिस्तानको सियालकोटमा सन् १९८६ मा जन्मिएका थिए। २००२ मा उनी परिवारसँगै जिमबाब्वे पुगेका थिए। २०११ मा उनी जिम्बाब्वेको नागरिक बने। त्यसपछि उनी देशको मुख्य खेलाडीको रूपमा रहँदै आएका छन्।

सिकन्दर रजाजस्तै दक्षिण अफ्रिकाका उपकप्तान केशव महाराजाको जन्म भारतमा भएको थियो। अहिले उनी दक्षिण अफ्रिकाका मुख्य खेलाडी मात्र होइन, उपकप्तानसमेत हुन्। महाराजाको परिवार भारतको उतर प्रदेशमा रहँदै आएको थियो। १८७४ मा उनकाे परिवार दक्षिण अफ्रिका पुगेको थियो। दक्षिण अफ्रिकाकै अर्का खेलाडी तबरेज शम्सीका बुवा-आमा पनि भारतीय मुलुकका हुन्।

यसैगरी, इंग्ल्यान्डका टप स्पिनर आदिल शशीन तथा मोइन अली पाकिस्तानी मुलुकका इंग्लिस खेलाडी हुन्। आदिलले एकदिवसीय र टी-२० मा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने स्पिनरका रूपमा आफूलाई उभ्याएका छन्। त्यस्तै, अलराउन्डर मोइन अलीले इग्ल्यान्डलाई आफ्नो बल र ब्याट दुबैबाट धेरै जित दिलाएका छन्। यी दुवै खेलाडीका बुवाआमा भारत-पाक स्वतन्त्र हुनु अगाडि इंग्ल्यान्ड बसाइँ सरेका थिए।

यस्तै, अस्ट्रेलियाका ओपनर ब्याटर उस्मान ख्वाजा पाकिस्तानी मुलुकका अस्ट्रेलियन हुन्। पाकिस्तानको भ्रमणका समयमा ख्वाजाले अस्ट्रेलियाका लागि ५ टेस्टको इनिङमा ४९६ रन बनाएका थिए। ख्वाजाले दुई सानदार शतकसमेत प्रहार गरेका थिए।  ख्वाजाले आफ्नो जन्मभूमिविरुद्ध सानदार प्रदर्शन गरेका थिए। उनको जन्म १८ डिसेम्बर १९८६ मा इस्लामाबादमा भएको थियो। उनी ५ वर्षको हुँदा उनको परिवार अस्ट्रेलिया प्रस्थान गरेको थियो।

न्युजिल्यान्डका रचिन रविन्द्र, इश सोडी, इजाज पटेल र जीत रावललगायत खेलाडीहरू भारतीय मुलुकका हुन्। त्यस्तै,  अमेरिकी टिमका कप्तान मोनाङ्क पटेल भारतीय मुलुकका हुन्। उनी गुजरात निवासी हुन्। उनले यु-१९ क्रिकेटमा गुजरातबाट प्रतिस्पर्धा गरेका थिए। त्यस्तै, उन्मुक्त चन्द, मनन शर्माजस्ता घरेलु क्रिकेटका हस्तीहरू पनि अहिले अमेरिका प्रस्थान गरिसकेका छन्।

यो वर्ष एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीमा शीर्ष ४ खेलाडीहरूको जन्म भारत-पाकिस्तानमा भएको थियो भने उनीहरूले आफ्नो देशका लागि उच्च रन प्रहार गरेका छन्। यो वर्ष एकदिवसीयमा सर्वाधिक रन प्रहार गर्ने ४ खेलाडीमा युएईका व्रित्या अरविन्दले १८ खेलबाट ७३६ रन बनाउँदै दोस्रो स्थानमा छन्। उनी चेन्नईमा रहने गर्दछन्।

त्यस्तै, जतिन्दर सिह ओमानबाट खेल्दै १६ खेलमा ६५३ रन बनाएका छन्।  उनी सर्वाधिक धेरै रन बनाउने खेलाडीको छैटौँ नम्बरमा रहेका छन्। जतिन्धर पञ्जाबको लुधियानामा जन्मिएका थिए। उनका बुवा गुरमेल सिह १९७५ मा ओमान गएका थिए। उनी १४ वर्षको उमेरमा भारत छोडेका थिए।

सिकन्दर रजा सर्वाधिक रन बनाउने खेलाडीको आठौँ नम्बरमा रहेका छन्। बंगलादेशविरुद्ध राजाले लगातार दुई शतक प्रहार गरेका थिए। उनले १२ खेलबाट ६१५ रन बनाएका छन्। त्यस्तै, युएईका चिराग सूरीले १८ खेलबाट ५८६ रन बनाएका छन्। उनी सर्वाधिक रन बनाउने खेलाडीको नवौँ नम्बरमा रहेका छन्। चिराग भारतको दिल्लीमा जन्मिएका थिए। उनी २०१४ देखी युएईबाट खेलिरहेका छन्।

(एजेन्सीहरूकाे सहयाेगमा)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?