काठमाडौँ – स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको केही स्थानको जितले संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारका आकांक्षीहरु हौसिएका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सबै क्षेत्र र स्थानमा उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारले तयारी गरेका छन्।
शीर्ष नेता हराउ अभियान, शीर्ष वा पुराना नेता फेरि नेतृत्वमा नपुग्ने र शीर्ष नेताको सम्मानजनक विदाइजस्ता अभियान पनि स्वतन्त्र उम्मेदवारहरुले गरिरहेका छन्।
यी अभियानहरुमा ठूला राजनीतिक दलमा आवद्ध व्यक्तिहरु अदृष्य रुपमा रहेका स्वतन्त्र व्यक्ति तथा उम्मदेवारले दाबी गरेका छन्।
प्रस्तुत छ, स्वतन्त्र उम्मदेवारलाई नेतृत्वमा ल्याउनुपर्ने कारण, उनीहरुको योजना, राजनीतिक भविष्यलगायत विषयमा देशसञ्चारका लागि ईश्वरी बरालले स्वतन्त्र उम्मेद्वारका संयोजक डम्बर साहुसँग गरेको भिडियो कुराकानीः